नितिनले ‘गीत गजल’ निर्देशन गर्दै, नयाँ जोडीले डेव्यु गर्ने


 



काठमाडौं, भदौ १३
यसअघि ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । उनले अब दोस्रो सिनेमा ‘गीत गजल’ निर्देशन गर्न लागेका हुन् ।

अघिल्लो सिनेमामा नायक पल शाह र आँचल शर्माको जोडी बनाएर काम गरेका नितिन अब अर्को ‘गीत गजल’मा मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंहलाई डेव्यु गराउँदैछन् । विग बजेटमा निर्माण हुने सिनेमालाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् ।

लभस्टोरी जनरामा निर्माण हुने सिनेमाको लागि मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकारहरु छनोट गरिदैछ ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ भने सिनेकाको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ ।

गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको निमार्ता आरोहण क्षेत्रीले बताए ।

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्