यस्तो बनेर आयो धमला पत्नी एलिजाको फिल्म ‘अनुराग’को ट्रेलर (भिडियो)


 


पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको अफिसियल ट्रेलर रिलिज गरीएको छ ।फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको अभिनय रहेको छ ।

प्रेमकथामा आधारीत फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्म असोज १२ गते देश भर प्रदर्शन भइरहेको छ ।फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्