Deshko News
१२ मंसिर २०८०, मंगलबार

उर्लाबारीमा मेगा फेशन शो


 


उर्लाबारी, भदौँ १७

उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गर्नुभएको थियो । कार्यक्रममा चर्चित गायन जोडी उदय सोताङ र मनिला सोताङले गीत गाउनुभएको थियो भने स्थानीय मोडलहरुले फेशन शोमा भाग लिनुभएको थियो ।

क्लबका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्ग, न्यु भिजन एकाडेमीका प्रिन्सीपल दिपक न्यौपानेलगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्