निर्मलाको पक्षमा गाए एक युवाले मार्मिक गीत, हत्याको पोल खोल्न प्रधानमन्त्रीलाई आग्रह (भिडियोसहित)


 


काठमाडौं, असोज ४
डडेल्धुराका एक युवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको पोल खोल्न गीत मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

डडेल्धुरा यातायात मजदुर सघंका अध्यक्ष राजन तामाङले ‘बोल ओली बोल, निर्मलाको हत्याको पोल खोल’ भन्ने मार्मिक गीतमार्फत प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालगायतलाई हत्यारा पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । उनले प्रहरीलाई पनि दोषी पत्ता लगाउन आग्रह गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्नै लाग्दा अहिलेसम्म भएका प्रगतिले दोषी पत्ता लाग्ने सम्भावना सकिँदै गएको देखिएको छ।

निर्मलाको हत्यारा पत्ता लगाउन एकदमै कठिन भएको छ । बालिकाको हत्या भएको दुई महिना हुनै लाग्दा पनि हत्यारालाइ कानुनको कठ्हरमा उभ्याउन प्रहरीले सकेको छैन ।

यस्तो छ भिडियो हेर्नुहोस् …

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्