सुर्य खडकाको ‘रित्तो काख’ले रुवायो (भिडियोसहित)


 


काठमाडौं, असोज ८
सुर्य खड्काको गीत ‘रित्तो काख’ बोलको गीत बजारमा ल्याएका छन् । गीत परदेशमा छोरा गुमाएका परिवारको दुःखलाई समेटेर यथार्तपरक विषयमा केन्द्रीत छ । शिव अखेलीको शब्दमा सुर्य खड्काको आफ्नै लय र स्वर छ । उ

नलाई निर्मल क्षेत्री र रिना केसीले स्वरमा साथ दिएका छन् । गीतमा संगीत संयोजक विनोद बाजुरालीले गरेका छन् ।

मार्मिक गीतसंगै भिडियोमा महेन्द्र गौतम, रमा थपलिया, दिपेश घिमिरे, शंकर केसी र सिंगे लामाले दमदार अभिनय गरेका छन् ।

गीतमा साहारा गुमाएका बृद्ध आमा बुवालाई आँसु झार्दै बस्न परेको दर्दनाक दृष्य देखाइएको छ । गीतलाई बजारमा निकै मन पराइएको छ । यसअघि यस्तै खालको प्रकाश सपुतको ‘बोल माया’लाई पनि निकै मन पराइएको थियो ।

हेर्नुहोस् भिडियो…

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्