“कि घोडा चढ्न दिनुपर्यो, नत्र घोडालाई चारो हाल्नु पर्यो ”


 


बर्दिया घर भई काठमाण्डौँमा बस्दै आएकी मोडल निरुता क्षेत्री नेपाली मोडलिङ क्षेत्रमा संघर्षरत् रहेकी छन् । सानैदेखि कलाकार बन्ने चाहना भएकी उनी पछिल्लो समय म्युजिक भिडियो र आईटम डान्समा ब्यस्त रहेकी छन् । आफै गीत समेत गाउँदै आएकी निरुताले हालसम्म आफैँले गाएको ६ वटा गीतको म्युजिक भिडियोसहित दर्जन बढीमा अभिनय गरिसकेकी छन् । उनले आधा दर्जन भोजपुरी म्युजिक भिडियो र मूभिमा समेत अभिनय गरेकी छन् । उनको समग्र मोडलिङ यात्राबारे देशको न्युजकर्मीले गरेको संक्षिप्त कुराकानी :

नयाँ काम के गर्दैहुनुहुन्छ ?
– यसअघि तीजको म्युजिक भिडियो गरियो । अहिलेपनि आफैँले गाएको गीतको म्युजिक भिडियो बनाउने तयारीमा छु । केही मूभिमा पनि काम गर्ने तयारीमा छु ।

तपाईले अहिलेसम्म कतिवटा गीत गाउनुभयो, कति वटामा अभिनय गर्नुभयो र कति वटामा डान्स गर्नुभयो ?
–मैले आफ्नै स्वर रहेको ६ वटा म्युजिक भिडियामा अभिनय गरिसकेको छँ । थारु सङ र आईटम सङमा पनि अभिनय गरेकी छुँ । भोजपुरी म्युजिक भिडियोमा पनि अभिनय गरेकी छुँ । लगभग एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरियो ।

तपाईँको खास रुची चाहिँ गाउने, डान्स गर्ने वा अभिनय गर्ने कुन हो ?
मेरो रुची गाउने, नाँच्ने, अभिनय गर्ने सबैमा छ । तपाईलाई भन्नुपर्दा आईटम डान्समा बढी रुची छ । ग्ल्यामर सिनमा अभिनय गर्न बढी मन लाग्छ ।

तपाईको कलाकारिता जीवनमा बिर्सन नसक्ने कुनै घटना छ ?
– अवश्य पनि छ । नाचिदेउ चाचिदेउ….. आईटस सङ्को सुटिङको समय थियो । एक जना फ्यानले फोनमा मलाई धेरै नै भल्गर कुरा गर्यो । उसले सुटिङमै आएर बलात्कार गर्ने सम्मको धम्की दिएको थियो । डर फिल भयो । मैले उसलाई निरुता क्षेत्रलाई बलात्कार गर्नुभन्दा अगाडी पहिला जुत्तामा तुना हाल्न सिक,अनि मात्र यो शब्द मलाई प्रयोग गर भने । प्रहरीमा पनि उजुरी गरेकी थिए । त्यसपछि त्यो त्यतिकै साम्य भयो । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिन ।

मोडलिङमा लागेपछि सवैभन्दा खुसी भएको क्षण कुन हो ?
– अवश्य पनि अस्तिको असार १५ गते म सबैभन्दा बढी खुसी भएकी थिए । सो बेला मैले असार १५ को अवसरमा सार्वजनिक गरेको रोपाईको फोटो सुट एकदमै भाईरल बन्यो । आम फ्यान र दर्शकहरुको माया पाए । केहीले राम्रो त केहीले नराम्रो पनि प्रतिक्रिया दिनुभयो । तर पनि त्यो मेरो फोटो निकै नै लोकप्रिय बन्यो । तपाईको अनलाईन देशको न्युज डटकमले पनि सार्वजनिक गरिदिनु भएको थियो । त्यसको लागि पनि तपाई लगायत यस अनलाईन परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

मोडलिङ क्षेत्रमा लागेपछि लभ र सेक्सका कुरा धेरै हुन्छन नि किन होला ?
– यो क्षेत्र ग्ल्यामर क्षेत्र भएकाले यसको धेरै चर्चा भएको होला । यो ग्ल्यामर क्षेत्र भएकै कारणले गर्दा लभ र सेक्सका कुरा धेरै भएका हुन् । ग्ल्यामर भन्दैमा कति देखाउने भन्ने आफुमै भर पर्छ ।

बिहे चाहिँ कहिले गर्ने सोच छ ?
–हा ..हा …हा ..हा …। बिहे गर्ने सोच अहिले छैन हौँ । मेरो एउटा लक्ष्य छ । तर सामान्य लक्ष्य हो । त्यो पुरा भएपछि अवश्यै पनि बिहे गर्छु । हतार नगर्नु न तपाईलाई अवश्यै बोलाउछु हउ ।

तपाईको विचारमा चाहिँ लभ के हो ?
–मलाई लाग्छ लभ एकअर्काको मिलन । यो आकर्षण हुने मात्र हो । यसमा माया हुन्छ तर विश्वास हुँदैन मेरो विचारमा ।

 

तपाई चाहिँ विशेष लभमा पर्नुभएको छ कि छैन ?
– तपाईलाई साच्चै भन्नुपर्दा म १३ वर्षको उमेरमा पहिलो पटक लभमा परे । त्यो समय साँचो माया त थियो तर यसको महत्व र अर्थ थाहा थिए । तर हाल म कसैको पनि लभमा परेको छैन । र सायद अब परिदैन पनि होला भन्नुपर्ला । हा…. हा.. हा ..

बिहे अघिको सेक्सबारे तपाईको धारणा के छ ?
–अहिलेको समयमा कसरी न कसरी सेक्स भएकै हुन्छ । आफैबाट होस् या अरुबाट सेक्स हुन्छ । बिहे अघि सेक्स हुनु सामान्य हो । इच्छा हो । इच्छा र विश्वास भएपछि सम्भव छ ।

नेपाली मोडलिङ क्षेत्रको अवस्था के छ ?
– संघर्ष गर्न सक्यो भने कलाकारिता क्षेत्रको राम्रै छ । संघर्ष गर्नुपर्छ । तपाईलाई साँचो भन्नुपर्दा कि घोडा चढ्न दिनुपर्यो नत्र घोडालाई चारो हाल्नु पर्यो अनि मात्र यस क्षेत्रमा टिक्न सकिन्छ ।

अन्तयमा के भन्नुहुन्छ ?
–मेरा नयाँ नयाँ गितहरु आईरहेका छन् । माया गरिदिनु होला । सबैलाई आउँदै गरेको बडादशैँ, तिहार तथा छठ पर्वको हार्दिक शूभकामना ब्यक्त गर्दछु । धन्यवाद ।

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्