कस्ता आचरण भएका व्यक्तिहरुले बढी सेक्स गर्लान् त ?



कस्ता आचरण भएका व्यक्तिहरुले बढी सेक्स गर्लान् त ? यो धेरै चासोको विषय हुनसक्छ । समाजमा आचरण खराब भएका व्यक्तिहरु धेरै सेक्स गर्ने धेरैको सोचाइ हुनसक्छ ।

तर, हालै प्रकाशित द ब्रिटिश जर्नल अफ साइकोलोजीमा दयालु आचरण भएका मानिसहले सबैभन्दा धेरै सेक्स गर्ने जनाएको छ । उनीहरुको मिलनसार स्वभावका कारण पनि धेरैको मन जित्न सक्ने तथा सेक्सका लागि पनि उत्कृष्ट हुने उक्त अध्ययनमा जनाइएको छ । अध्ययनका लागि १९२ जना एकल महिला र १०५ जना एकल पुरुष लिइएको थियो ।

उनीहरुले डेटिङ तथा मेटिङमा पाएको सफलताका आधारमा निष्कर्ष निकालिएको हो । अध्ययनका क्रममा सेक्सको मामिलामा पनि राम्रा आचरण भएका पुरुषहरु अगाडि देखिएका थिए । जति मानिसको असल थिए त्यति नै उनीहरुले त्यति नै बढी सेक्स गर्ने निष्कर्ष अध्ययनमा पाइएको थियो । उनीहरुमा स्वार्थ कम हुने भएका कारण पनि सेक्स पार्टनर भेटाउन सजिलो हुने अध्ययनले देखाएको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News