यसकारण मोडल लक्ष्मीलाई आयो गालीको ओइरो


 


शुक्रबार नामको साप्ताहिक पत्रिकाको कभर पेजमा नांगो तस्वीर प्रकाशित भएपछि सामाजिक सञ्जालमा गायक तथा मोडल लक्ष्मी आचार्यको निकै आलोचना भएको छ ।

शुक्रबारको अंकमा लक्ष्मीको तस्वीर कभर पेजमा छापिएको थियो । उनको तस्वीर नेपाली संस्कृति र वर्तमान अवस्थामा समाजले स्वीकार गर्न नसकिने किसिमको थियो ।

यो तस्वीर प्रकाशित भएपछि लक्ष्मीले भने त्यसको दोष पत्रिकालाई दिएकी छन् । उनले आफ्नो अनुमति नलिएर फोटोशप गरेर तस्वीर प्रकाशित गरेको स्पष्टिकरण दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाफर्त स्पष्टिकरण दिए पनि फेसबुक प्रयोगकर्ताले भने उनको निकै आलोचना गरेका छन् ।

एक जना गिरिस रिजाल समिप नाम गरेका फेसबुक यूजरलले लक्ष्मीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आफू तयार नभइ त क्यामेरा ले कैद गरेन होला अनि तिमिले अनुमति नलि साप्ताहिक ले छापेन होला नि ’

यस्तै अर्का फेसबुक यूजर जिपी भट्टराईले लेखेका छन्, ‘थुक्क कलंक आइमाई । तलाई जन्माएकोमा तेरि आमा लाई कति पश्चाताप भएको होला। ’

सामाजिक सञ्जालमा निकै आलोचना भएपछि लक्ष्मीले त्यसको जवाफसमेत दिएकी छन् । उनले फेसबुकमा जवाफ दिएकी छन्, ‘मलाई त्यो आकाश बन्न मन छ … जसलाइ माथी हेरेर त थुक्छन ….तर छिटा उनिहरुकै मुहारमा पर्छ ।।
शुक्रबारमा छापिएको उनको तस्वीर यस्तो थियो ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्