दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते



झापा, असोज १८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टङ्क रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनै जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News