भोजपुरमा हवार्इ उडान शुरु



भोजपुर, असोज १८

बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताउनुभयो ।

उडान सेवा पुनःसञ्चालन भएसँगै दशैँमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News