सुनको मूल्य फेरि घट्यो, आज कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, कार्तिक ९
नेपाली बजारमा हिजो ६ वर्ष यताकै महंगो भएको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला ६० हजार २ सय रुपैयाँमा पुगेको छ ।

सुन हिजो तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगोमा कारोबार भएको थियो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्