यी हुन् विश्वकै सेक्सी महिला


 


चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री एमिलिया क्लार्क यस वर्षकी सबैभन्दा सेक्सी महिला घोषित भएकी छिन् । २८ वर्षीय नायिका क्लार्कलाई एस्क्युयर पत्रिकाले विश्वकै जिवित सेक्सी महिला घोषित गरेको हो ।

लण्डनकी नायिका क्लार्कलाई मंगलबार पत्रिकाले उक्त उपाधि दिएको घोषणा गरेको हो । यसअघि जिक्यु पत्रिकाले क्लार्कलाई वर्ष महिलाको उपाधि दिइसकेको छ ।

एचबिओको चर्चित सिरिजमा डायनर्स टारगारेनको भूमिका निभाउने गरेकी क्लार्क टर्मिनेटर सिरिजमा सारा कोनरको भूमिकामा पनि देखिएकी थिइन् । उनले बेलयातको सिरिज डक्टर्समा काम गर्दै टेलिभिजनको यात्रा शुरु गरेकी थिइन् । सन् २०११ मा गेम अफ थ्रोन्स शुरु भएपछि उनले सफलता हात पार्न शुरु गरेकी हुन् ।

प्रकाशित मिति: २७ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्