मोडलिङमा जम्दै सोनु पौडेल


 


पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ ।

रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् पोखरा घर भई काठमाण्डौँमा बस्दै आएकी सोनु पौडेल । एक बर्षदेखि काठमाण्डौँमा अध्ययन गर्दै मोडलिङ गर्दै आएकी सोनु आफु रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँछिन् । सोनुले उत्साहित हुदै भनिन् – मेरो सानैदेखीको इच्छा हो मोडलिङ । एक्टिङहरु सिकेको छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ ,सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।

सोनु अहिले मोडलिङमा निकै लागिपरेकी छिन् । छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनुले केही सर्ट मूभिमा पनि अभिनय गरिसकेकी छन् भने इडिटिङमा रहेको शिवानी नामको फुल मूभिमा समेत अभिनय गरिसकेकी छन् । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे सोनुले भनिन् – घरपरिवारको पनि ठुलो सपोर्ट छ । मोडलिङको सुरवाती अवस्थामा पाएको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको सुनाईन् ।

लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न मन भएकी सोनुले भनिन् – चलचित्रको अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्ने बताईन् । हल्का ग्लामर सिन दिन रुचाउने सोनुको विचारमा एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै माया हो । अहिलेसम्म गहिरो मायामा नपरेकी सोनुले हाँस्दै भनिन् – अलि अलि साथीहरुको मायामा भने पर्ने गरेको छु तर फसिसकेको छैन । श्रीमान् र श्रीमतीबीचको माया नै सेक्स रहेको बताउँदै उनले त्यसमा आफ्नो अनुभव भने नरहेको सुनाईन् । आफ्नो भिडियोहरु हेरेर सुझाब, प्रतिक्रिया दिन आग्रह गर्दै सोनुले आफु सिक्ने क्रममा पनि रहेकाले सबैको माया आवश्यक रहेको बताईन् ।

प्रस्तुती – सुमन घिमिरे

प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्