फर्कन थाले अमेरिकी सेना



काठमाडौं– वैशाख १२ गतेको भूकम्पपछि खोज, उद्धार तथा राहत वितरणमा नेपाल आएका अमेरिकी सेना बिहीबारबाट स्वदेश फर्कन सुरु गरेका छन्। आफ्नो लक्ष्य पूरा गरी उनीहरू स्वदेश फर्कन सुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बिहीबार केही अमेरिकी सेना र ४ वटा अस्प्रे हेलिकप्टर अमेरिकातर्फ प्रस्थान गरेका हुन् । बाँकी सेना र हेलिकप्टर पनि केही दिनभित्रै फर्कने जनाइएको छ । नेपालमा खोज तथा उद्धारका लागि आएको एक अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना हुँदा ६ अमेरिकी सेना र २ नेपाली सेनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News