एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित


 


shesh-ghale1काठमाडौं, असोज २८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् । दुई उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् ।

भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाए । त्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भए । कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएको समितिले जनाएको छ ।

एनआरएनएको २२ पदका लागि ५९ जनाको उमेद्वारी परेको थियो । अन्य पदको मतगणना जारी छ ।

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्