नयाँ अभ्यासमा रहेकाले केही जटिलता देखिएको छ : मन्त्री घिमिरे



सुनसरी, मंसिर ११

प्रदेश नं १ का सामाजिक विकाश मन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको बताउनुभएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आज सुनसरीको इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि क्रमशः त्यो हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री घिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार त हामीले तयार गर्यौँ तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबैले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News