महिलाले पुरुषलाई कहिले नबताउने यी हुन् चार कुरा


 


महिलालाई बुझ्न मुश्किल मात्र होइन असम्भव नै छ भन्ने भनाई तपाईंमध्ये धेरैले सुन्नुभएको होला । तर यहाँ प्रश्न के छ भने, के महिलालाई बुझ्न साँच्चिकै त्यति मुश्किल छ ? उत्तर ‘छैन’ भन्ने पनि आउन सक्छ ।

महिलाहरुलाई बुझ्न गाह्रो छ यसकारण पनि भनिएको होला किनभने उनीहरुले आफ्नो सबै कुरा पुरुषलाई बताउँदैनन् । धेरैजसो पुरुषहरु आफ्नी माहिलाले वास्तवमा के चाहन्छिन् भन्ने कुरा थाहा पाउन चाहन्छन् ।

विभिन्न महिलाहरुको भनाई अनुसार उनीहरु आफ्ना सबै कुरा पुरुषलाई भन्न चाहँदैनन् किनभने यी कुराहरु उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् । महिलाहरु त्यतिबेला गौरवान्वित महसुस गर्दछन् जब उनीहरुको कुरा नभनेर नै बुझिन्छ ।

आउनुहोस्, आज हामी तपाईंलाई त्यस्ता कुराबारे जानकारी दिदैछौं जो महिलाहरु पुरुषलाई बाँड्न चाहँदैनन् । सोसल मिडिया वेबसाइटद्वारा सिंगल र सम्बन्धमा रहेका महिलाहरुमाथि गरिएको एक अनुसन्धानको क्रममा महिलाहरुलाई उनीहरु आफ्नो प्रेमीसँग के कुरा लुकाउँछन् भन्ने बारे सोधियो ।

सुरुमा उनीहरुले त्यस्तो केही पनि कुरा नभएको बताए । धेरै महिलाहरु आफूले लुकाइराखेका कुराहरु भन्न डराइरहेका थिए । यसबाट पनि उनीहरु आफ्नो मौनतामा थुप्रै कुराहरु लुकाइरहेको बुझिन्छ ।

तर बिस्तारै बिस्तारै केही निडर महिलाहरुको जवाफले अनुसन्धान पोलमा निकै राम्रो बढोत्तरी भयो । बानी व्यवहारः महिलाहरुको केही बानी व्यवहार हुन्छन् जो उनीहरु आफ्नो प्रेमीलाई बताउन चाहँदैनन् जस्तै उनीहरुलाई साङ्लोबाट डरलाग्छ तर ‘तातो वाक्स’ (रौं निकाल्न प्रयोग गर्ने एक सौन्दर्य सामग्री) सँग डर लाग्दैन ।

उनीहरु सबै मानिसहरुको अगाडि खान मान्दैनन् तर एक्लै हुँदा निकै धेरै खाने गर्दछन् । जसको सबैभन्दा धेरै कुरा काट्छन् उनीहरुलाई नै सबैभन्दा मान्छन् ।

प्रेम प्रसंगः

महिला आफ्नो पछिल्लो जिन्दगी बारे आफ्नो वर्तमान प्रेमीलाई केही पनि बताउन चाहँदैनन् । किनभने धेरै महिला आफ्नो चरित्रमाथि औंला उठ्नबाट डराउँछन् । केही महिलाले उनको पुरानो सम्बन्धको बारेमा थाहा पाएर उनको पार्टनरलाई राम्रो नलाग्ने हो कि भन्ने पनि सोच्ने गर्दछन् ।

आफन्तको लागि भावनाः

तपाईंले कुनै पनि महिलाले उनको आफ्नी बहिनी कति सुन्दर र समझदार, आमा–बुवाको प्रेम र केयर गर्ने बानी र उनको भाइ निकै नै राम्रो भएको कुरा सुन्नुभएको होला तर यी सबै कुरा उनले तपाईंको परिवारलाई पनि भनेमा धेरै खुसी नहुनुहोस् किनभने अनुसन्धानले महिलाहरुले आफ्नो सम्बन्धको बारेमा आफ्नो साँचो भावना नदर्साउने बताएको छ ।

मेकअप किटः

धेरैजसो महिलाहरु आफ्नो मेकअप किटको बारेमा पुरुषलाई बताउन चाहँदैनन् । उनीहरु सधैं आफ्नो सुन्दरताले पुरुषहरुलाई सरप्राइज गर्न चाहन्छन् तर आफ्नो यो सुन्दरता मेकअपको कमाल भएको पुरुषलाई कहिले पनि बताउन चाहँदैनन् ।

पुराना कुराहरुः

पुरुष मित्रहरु, सायद तपाईंलाई थाहा होला कि तपाईंभन्दा पहिले पनि उनको जीवन थियो । यदि कोही पुरुषहरुले तपाईंसँग सम्बन्ध भइसकेपछि पनि उनी पहिलाको जिन्दगीको बारेमा केही महसुस किन गर्छिन् त भन्ने कुराको जानकारी लिन चाहनुुहुन्छ भने यसमा तपाईं सायद कहिले पनि सक्षम हुन सक्नुहुन्न होला ।

किनभने महिलाको मनमा निकै गहिरो भावनाहरु हुने भएकाले उनीहरु कहिले पनि त्यो व्यक्त गर्न सक्षम हुँदैनन् । याद राख्नुहोस्, उनी तपाईंको साथी भएपनि उनको पनि निजी जीवन भएको ख्याल गर्नुहोस् ।

र तपाईंले उनको निजी जीवनको सम्मान गर्न आवश्यक छ । तपाईंलाई प्रत्येक कुरा बताउनै पर्ने भन्ने आवश्यक छैन । तपाईंले उनीबाट हरेक कुरा थाहा पाउने इच्छा पनि नराख्नुहोला ।

प्रकाशित मिति: २९ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्