पन्तको हत्या घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रदर्शन



विराटनगर, मंसिर १६

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।

विराटनगरमा पन्तको हत्यारालाई कारवाहीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज प्रदर्शन गरेको हो । प्रदर्शनमा गाउँगाउँबाट नेकपाका नेता कार्यकर्ता उपस्थित थिए । प्रदर्शनमा सहभागीले हत्याको घटना भएको लामो समय सम्म पनि दोषी पत्ता लाग्नु नसकेको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले सरकारको गैर जिम्मेवारी पनकै कारण हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोस पोखे । विप्लव नेत्रृत्वको नेकपाले बढ्दो महँगी र भ्रष्टाचार अन्त्यको माग पनि गरेको छ । पार्टीले प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार प्रदेश १ को अस्थायी मुकाम विराटनगरको सुरक्षा व्यवस्था भने कडा पारिएको थियो ।

प्रकाशित मिति: १६ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्