संवैधानिक परिषदको बैठक आज
काठमाण्डौँ, मंसिर १७
नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेदर हदका कारण आगामी पुस १७ गते अवकास पाउँदैछन् । आजको बैठकले संसदीय सुनुवाईका लागि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
न्यायपरिषद्ले एकसाताअघि नै प्रधानन्यायाधीशका लागि दुईजना वरिष्ठतम न्यायाधीश सिफारिस गरेको छ । ती दुईमध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नुपर्नेछ । न्यायपरिषद्ले न्यायाधीश चोलेन्द्रशमशेर जबरा र दीपकराज जोशीलाई सिफारिस गरेको हो ।
प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार












