विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ



सप्तरी, मंसिर १९

सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले बिधुतको पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बिधुत प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताउनुभयो ।

छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News