ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु



तौलिहवा, मंसिर १९

ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News