भोजपुरमा सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



भोजपुर, मंसिर १९

नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो ।

पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

स्थानीय कुलबहादुर गिरीले भन्नुभयो, “आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो । सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ ।” शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो ।

शिविरमार्फत टेम्केमैयुङ गाउँपालिका– ५, ६, ७, ८ र ९ का स्थानीयवासीले सेवा लिएका छन् । डा पवित्रा श्रेष्ठ, डा राम श्रेष्ठलगायत चिकित्सकले बिरामीको उपचार गरेका थिए । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News