यो वर्षकै कम तापक्रम



काठमाण्डौँ, मंसिर २०

काठमाडौंको तापक्रम आज बिहान यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम आज यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । पानी नपर्दा औद्योगित क्षेत्र भएका ठाउँमा प्रदुषण बढेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्