उर्लाबारीको बेतिनी सिमसारमा बालउद्यानको उद्घाटन (फोटो फिचरसहित)


 


उर्लाबारी, मंसिर २३

मोरङको उर्लाबारी नगरपालिका – २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
समुहको परिसरमा भएको साधारणसभा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता तथा अध्यक्ष भिम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधारणसभाका प्रमुख अतिथी नगर प्रमुख फागोले नगरमा रहेका सबै पर्यटकीय क्षेत्रहरुको विकाश र प्रबद्र्धनमा नगरपालिका रहेको बताउनुभयो । बेतिनी वन र सिमसारको विकाशका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउँदै उहाँले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विश्व बैँकको आर्थिक सहयोगमा उर्लाबारी वडा नम्बर २ मा सडक कालोपत्रे सहितका योजनाहरु संचालन हुने बताउनुभयो । सामुदायिक वन उपभोक्ताहरुको जिवनस्तर उकास्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले वार्षिक कार्ययोजना अनुसार नै अघि बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा नगर प्रमुख फागोले नगरपालिकाको आर्थिक सहयोगमा सिमसारमा निर्माण गरिएको बालउद्यानको उद्घाटन गर्नुभएको थियो । बालउद्यानमा पानीको फोहोरा, पजल गार्डेन, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक खेलसामाग्रीहरु लगायत रहेका छन् ।

साधारणसभामा विशिष्ठ अतिथी सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले संघ र प्रदेश सरकार वन ऐनको तयारीमा रहेकाले स्थानीय स्तरमै अधिकार पाउने गरी ऐन बनाउन दबाब दिईएको बताउनुभयो ।

साधारणसभामा सचिव अरुणा थापाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष ज्योती थापाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक डिल्लीराम सापकोटाले लेखा तथा अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा उर्लाबारी वढा नम्बर २ का अध्यक्ष कुमार कँडेल, सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा, सुनझोडा सामुदायिक वनका अध्यक्ष भोला थापा लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

साधरणसभाको अवसरमा संस्थापक अध्यक्ष पञ्जिलाल धिमालसहित संस्थापक कार्यसमिति, समुहका जेष्ठ सदस्य र वन टोली प्रमुखलाई सम्मान् समेत गरिएको थियो ।

 

तस्विर – सुमन घिमिरे

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्