सवारीले ठक्कर दिएको अवस्थामा राजमार्गमा मृत अवस्थामा फेला


 


मोरङ, मंसिर २४

मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पुर्वपश्चिम राजमार्गमा आज बिहान एक ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । बिहान ३ : ४५ बजे सडकको बीचमा सोही ठाउँमा ४१ वर्षिय चन्द्रबहादुर तामाङ मृत भेटिएका हुन् ।

तामाङको टाउको चोट रहेकाले सवारी साधनको ठक्करबाट मृत्यु भएको हुनसक्ने र ठक्कर दिने सवारी साधनको खोजी भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाइँले जानकारी दिनुभयो ।

दुई/तीन दिनदेखी तामाङको मानसिक अवस्था ठिक नभएको र गएराती घरबाटै हराएको मृतकका आफन्तले जनाएका छन् । मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्