विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि


 


धनुषा, मंसिर २५

जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । हिजो तिलकोत्सव सम्पन भएको थियो ।

महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन भोली राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुनुहुन्छ ।

हिजो सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार ) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो अर्थात इंगेजमेन्ट हो । तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइदँैछ । रासस

प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्