अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल कात्तिक २ गते। सोमबार। इश्वी सन् २०१५ अक्टोबर १९ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– षष्ठी, १०:२७ बजेउप्रान्त सप्तमी। तपाईको अाजको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। फाइदाका लागि सहयोगी जुटाउने प्रयत्न गर्नुहोला। आँटेका काम पूरा नभए पनि आंशिक सफलता मिल्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

केही चुनौती देखिए पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। सामाजिक अवसरबाट वञ्चित भइने समय छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। एक्लो प्रयासबाटै धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विभिन्न अवसरले पछ्याउन सक्छन्। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। लगनशीलताले थप फाइदा दिलाउनेछ, प्रसन्नता मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

उठ्नुपर्ने रकम हातलागी हुनाले तत्कालका समस्या टर्नेछन्। व्यवसायमा सामान्य फाइदा प्राप्त हुन सक्छ। अरूका लागि उपयोग भइनेछ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कीर्तिमानी कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

प्रकाशित मिति: १ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्