बुहारी लिएर आउँदै गरेका बुबाआमासहित ६ जनाको मृत्यु



दाङ, मंसिर २७

दाङमा बस र जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उहाँकी श्रीमती ४५ वर्षकी विमला खत्रीसहित अन्य ६ जनाको मृत्यु भएको हो ।

छोराको बिहे गरी दुलही लिएर फर्किंदै गरेका बेला उहाँहरु चढेको स्कर्पियो जीप र बस ठोकिएको हो । दुर्घटनामा ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षका दत्तबहादुर खत्रीको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

चितवनको गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा जीपमा रहेका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षकी गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको कोहलपुर उपचार भैरहेको छ । दुलहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News