विवाह पञ्चमी आज सम्पन्न हुँदै


 


जनकपुर, मंसिर २७

सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ ।

विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन राम जानकीको रामकलेवा सम्पन्न भएपछि साताव्यापी रुपमा मनाइएको विवाह पञ्चमी महोत्सव समापन हुने छ ।

रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न हुने छ । खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइको छ ।

रामकलेवाको अवसरमा मन्दिरको प्राङ्गणमा हजारौं सहभागी हुँदैछन् । जानकी मन्दिरको प्राङ्गणमा जानकी मन्दिरका महन्तले अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिएर विदाई गर्नेछन् ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्