नेपालमा अब भारु २००, ५०० र २००० का नोट नचल्ने



काठमाडौँ, मंसिर २७

सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ ९चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन, नबोक्न र नराख्न नेपाल राष्ट्र बैंकमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारु २००, ५०० र २००० दरका नोट भारत सरकारले नै चल्तीमा ल्याउन छाडिसकेका कारण त्यस्ता नोट ‘खोटो’ हुने भएकाले नबोक्न, नराख्न र चल्तीमा नल्याउन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले दुई वर्षअघि नै भारु ५०० र १००० दरका नोट चल्तीमा नल्याउन निर्देशन जारी गरेको भए पनि सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रमा रहेको हुन सक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News