काँग्रेस महासमिति बैठक आजदेखी, उद्घाटन भने भोलीमात्र


 


काठमाण्डौँ, मंसिर २८

नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा भएको छ । महासमितिमा देश विदेशबाट करिब १ हजार ६ सय सदस्य काठमाडौंमा आईसकेका छन् ।

आजदेखी वैठक शुरु हुने भनिएपनि औपचारिक उद्घाटन भने भोली मात्रै हुने छ । आजदेखि नै महासमिति बैठक प्रारम्भ हुने छ । जस अन्तर्गत बैठकका सहभागीहरुले आज पार्टी केन्द्रीय कार्यालयमा नाम दर्ता गराउनु पर्नेछ भने भोली बिहान ११ बजे महासमिति वैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

रामशाहपथस्थित एक पार्टी प्यालेसमा हुने महासमिति वैठकको प्राविधिक तयारी उपत्यकाका तीन जिल्लाको समन्वयमा भईरहेको छ । महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकायको रुपमा रहेको महासमिति बैठकमा विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संघ संस्था र महासमितिमा निर्वाचित नभएका जिल्ला सभापति र संघिय संसदका सांसदहरुलाई समेत निम्त्याइएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्