भारत लैजाँदै गरेको अवस्थामा विराटनगरबाट एक किशोरीको उद्धार



मोरङ, मंसिर २८

नेपाली किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले हिजो साँझ एक जनालाई पक्राउ गरेको हो ।

‘साना हातहरु’ नामको संस्थाको सहायतामा सीमा प्रहरी चौकी विराटनगरले महोत्तरीको बर्दिवास नगरपालिका–६ का १९ वर्षीय ओमप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।

साँझ ७ बजे ताप्लेजुङको तेल्लोक घर भएकी १९ वर्षीया किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।

युवतीलाई भने उद्धार गरेर साना हातहरु नामको संस्थाले आफ्नै संरक्षणमा राखेको छ । उनका आफन्त बोलाइ जिम्मा लगाउने भन्दै संस्थाले आफ्नै कार्यालयमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News