नुवाकोटमा मिनी ट्रक दुर्घटनामा १६ जनाको मृत्यु



विदुर, मंसिर २८

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News