काँग्रेस महासमिति बैठक काठमाण्डौँमा सुरु


 


काठमाण्डौँ, मंसिर २९

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखी काठमाडौमा सुरु भएको छ । बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नुभएको हो । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो ।

उद्घाटन सत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ ।

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु पनि बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनायता बैठक हुन सकेको थिएन ।

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्