दसैँमा के खाने के नखाने ?


 


दसैँमा एकैपटक धेरै परिमाणमा मासु खरिद नगर्न चिकित्सकले सुझाउ दिएका छन् । बासी मासु खाँदा त्यसको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ताजा र सफा मासुलगायत स्वच्छ खानेकुरा खान चिकित्सकको सल्लाह छ ।

घरमै मासु बनाउँदा पनि धेरै भएको मासुलाई डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने वीर अस्पतालका चिकित्सक डा सुरेन्द्र श्रेष्ठ बताँछन् ।अत्यधिक चिल्लो, पिरो र मसलेदार खाना धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । खानामा सागपात, सलाद जस्ता वस्तु पनि समावेश गर्नुपर्दछ ।

पसलमा मासु किन्दा पनि सामान्य फ्रिजमा राखिएको भन्दा डिफ्रिजमा राखिएको मात्र खरिद गर्नुपर्दछ । मासु काटेर खुला राखिएको, झिँगा भन्किरहेको मासुपसलबाट मासु खरिद गरी खाँदा त्यसले ‘फुड पोइजन’ हुने, झाडाबान्ता, आउँ हैजाजस्ता रोग लाग्ने सम्भावना बढी मात्रामा हुन्छ।

पहिले पकाइसकेको खानापछि प्रयोग गर्दा पुनः तताएर मात्र प्रयोग गर्न पनि चिकित्सकको सुझाव छ । एकैपटक धेरै खाना नखान पनि चिकित्सकको सुझाव छ । एकैपटक धेरै खाँदा पाचनमा समस्या हुने भएकाले थोरै थोरै मात्र खान खानुपर्दछ ।

वृद्धवृद्धा बालबालिकालाई पनि खानामा गेडागुडी र सागपात समावेश गरी खान दिँदा पाचनमा सहज हुन्छ । सरसफाइमा ध्यान दिँदादिँदै पनि अपच, झाडापखाला भएमा जीवनजललगायत झोलिलो पदार्थ खान र समयमै चिकत्सकको परामर्शमा औषधि सेवन गर्न पनि चिकित्सकहरु सुझाव दिन्छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्