वामपन्थी शक्तिहरुको एकताले प्रतिपक्षीहरु अतालिएः प्रधानमन्त्री ओली



काठमाडौं, पुस १

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।

तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा उहाँले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारमाथि भयानक रुपमा प्रचारात्मक हमला भइरहेको भन्दै यस किसिमका निरर्थक हमलाले केही फरक नपार्ने बताउनुभयो

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका पक्षधर कम्युनिष्टहरुमा जति परिवर्तनको प्रभाव देखिनुपर्ने थियो त्यो अझै हुन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रको समृद्धिका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो । प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकीकरणपछि नेपाल कानुन व्यवसायी संगठन नामाकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News