शिक्षालाई समयसापेक्ष बनाइन्छ : मुख्यमन्त्री राई



भोजपुर, पुस १

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । आज हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश नं १ का १०० विद्यालयमा सूचना प्रविधि सम्बन्धि शिक्षाको शुरुआत गर्ने र अबको तीन वर्षभित्रमा सबै विद्यालयमा सो प्रविधिको विस्तार गरिने मन्त्री राईले बताउनुभयो ।

जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोहीअनुसारको योजना बनाएर प्रदेश सरकारले काम गर्ने उहाँको भनाइ थियो । दूधकोशी नदीको चुवारमा पक्की पुल नहुँदा स्थानीयवासीलाई सास्ती भएकाले प्राथमिकताका साथ काम अगाडि बढाएर निर्माण पूरा गरिने मन्त्री राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News