ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



चितवन, पुस २

नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बिहान ३ बजे भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News