पुस १७ गतेदेखि आमरण अनसन बस्ने डा. कसीको घोषणाा


 


काठमाण्डौँ, पुस २

सरकारले माग पूरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी पुस १७ गतेदेखि आमरण अनसन सुरु गर्नु हुने भएको छ । सरकारलाई माग पूरा गर्न पटकपटक समय दिँदा पनि आलटाल गरेको भन्दै उहाँले १६ औं अनसन सुरु गर्न लाग्नुभएको हो ।

डा केसीले पछिल्लो पटक आज पुस २ गते सोमबारसम्मको अल्टिमेटम दिनुभएको थियो । अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाइ नगरेपछि डा केसीले आजैबाट अनसन सुरु गर्ने तयारी गर्नुभएको थियो ।

तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिनुभएको हो । डा केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै अनसनको घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्