बौद्धिक अपांगता भएका बिद्यार्थीका लागि सामाग्री


 


उर्लाबारी, पुस २

मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित राधिका माध्यमिक बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बिद्यार्थीहरुका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।

उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा रु ३८ हजार बराबरको खेलकुद तथा मनोरञ्जनात्मक सामाग्री प्रदान गरिएको हो । सो सामाग्रीले बौद्धिक अपांगता भएका बिद्यार्थीहरुको बौद्धिक क्षमता विकाशमा सहयोग पुर्याउने बिद्यालयका प्रधानाध्यापक सुबाश सापकोटाले बताउनुभयो । सो बिद्यालयमा १६ जना बौद्धिक अपांगता भएका बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्