नेपाल टेलिकमले लाभांश दिने


 


काठमाडौँ, पुस ३

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ ।  नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघारौँ वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्