पूर्वराजा ज्ञानेन्द्रको संविधानप्रति यस्तो असन्तुष्टि !


 


काठमाडौं, कार्तिक ४

gyanendra shahaपूर्वराजा ज्ञानेन्द्र शाहले जारी संविधानप्रति चासो व्यक्त गर्दै असन्तुष्टि जनाएका छन् । विजयादशमीको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले संविधानले आम जनताको भावना समेट्न नसकेको टिप्पणिसहित चासो व्यक्त गरेका हुन् ।

सनातनी संस्कृति र गतिविधिलाई नसमेटिंदा मुलुक असहज अवस्थामा धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । जारी वक्तव्यमा भनिएको छ–‘मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समूदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृती र गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ,’ ।

प्रकाशित मिति: ४ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्