‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यकता’



काठमाडौँ, ५ पुस

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ ।” विकसित देशको शिक्षा र पिछडिएको देशको शिक्षा जहिले पनि फरक रहने उहाँ बताउनुहुन्छ ।

उक्त आयोग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते गठन भएको थियो । बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय आयोगले नेपालको शिक्षाको दीर्घकालीन योजना तय गर्ने बताउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रले शिक्षालाई सेवा नभई पेशाका रुपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News