अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल कात्तिक ५ गते बिहीबार। इश्वी सन् २०१५ अक्टोबर २२ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– नवमी, ७:१० बजेदेखि दशमी २९:२० बजेउप्रान्त एकादशी। तपाईको अाजको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विविध समस्याले केही अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। आँटेको काम पनि समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

प्रकाशित मिति: ५ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्