अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल कात्तिक ६ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २३ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– एकादशी, २७:१५ बजेउप्रान्त द्वादशी। तपाईको अाजको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

धेरै श्रम गर्दा तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। मेहनत र लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। उत्साहमा केही कमी आउनेछ। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुने सम्भावना छ, सचेत रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुने समय छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिनाले व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय रहनेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउन सक्छन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। तापनि, प्रयत्न गर्दा आंशिक लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

प्रकाशित मिति: ६ कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्