प्रहरी हवल्दारले आफैलाई गोली हानेर किन आत्महत्या गरे ?


 


पाल्पा, कार्तिक ७

जिल्ला कारागार पाल्पामा कार्यरत प्रहरी हवल्दार दिल बहादुर पाण्डेले आफैले गाेली हानेर आत्महत्या गरेका छन् । हवल्दार पाण्डेले शनिबार बिहान आफूसँग रहेको थ्री नट थ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए ।

अर्घाखाँचीको तिनडाडा–९ का पाण्डे १४ वर्षदेखि प्रहरीमा कार्यरत थिए । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्