भोजपुरमा हिमपात हुँदै



भोजपुर, १३ पुस
भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो ।

हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । पर्यटकीय क्षेत्रमा हिमपात भएपछि होटल व्यवसायी भने खुशी भएका छन् ।

हिमपात भएसँगै आन्तरिक पर्यटन बढेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष धु्रवराज राईले बताउनुभयो । हिमपातसँगै जाडो बढेपछि स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News