सोलुखुम्बुको चाक्चाकुर मेलाको अवसरमा कण्डम वितरण



सोलुखुम्बु , पुस १४

कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए। चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: १४ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्