प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने


 


काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने भएकाे छ । प्रधानसेनापति थापा आगामी पुस २७ गतेबाट भारतको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्