भारतीय बदेल सहित दुई जना पक्राउ


 


रबिन्द्र यादव/ नवलपरासी पश्चिम नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान करिब ५ बजे भारतीय नाका रेगंहिया बाट अवैध भन्सार छलेर भारतीय प्लेट नं युपी ५३ बिटी ७९३१ पिकप गाडीमा लोड गरेर ल्याउदै गरेको अवस्थामा प्रदेश नं ५ को घुमुवा प्रहरी र गुठी परसौनी प्रहरीको संयुत गस्ती टोलीले उक्त बदेलहरु पक्राउ गरेका हुन ।
गुठी परसौनी चौकीका असइ घनश्याम रिमालका अनुसार ९ वटा बँदेल मध्ये २ वटा जंगली र ७ वटा क्रसिङ्ग बँदेल रहेका छन् । यी बदेलहरु भारत जिल्ला महाराजगंज फरेन्दाको जोगिया बारि जंगल बाट ल्याइएको प्रहरीले बताएको छ । नेपालको कुन ठाउँमा यी बदेलहरु जादै थिए भने पता लगाउन प्रहरी अनुसन्धान गरि रहेको छ ।

बदेल सहितको गाडी र दुई भारतीय नागरिक समेत लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाएको रिमालले बताए । उता जिल्ला प्रहरीका प्रवक्ता विरेन्द्र थापाले जिल्ला बन कार्यालय संग समन्वय गरेर अावश्यक प्रक्रिया अगाडि बढाइने बताएका हुन । नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर अबैध चोरी निकासी बढि रहेको जन गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्